कोरियोग्राफर झालाई १ लाखको राष्ट्रिय सम्मान



लामो समयदेखि देश–विदेशका विभिन्न सौन्दर्य प्रतियोगिता र फेसन शोमा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७७ बाट सम्मानित भएका छन्।
कविलासी नगरपालिक–७ गौर घर भए पनि लामो समयदेखि राजधानीमा बसेर सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७७ सम्मानबाट सम्मानित गरेको हो। समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँसहित राष्ट्रिय युवाप्रतिभा सम्मान–२०७७ बाट सम्मानित गरेका थिए। मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट झालाई सम्मान गरेको हो। कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पु¥याएबापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ। यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुन्।
लामो समयदेखि फेसन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी ब्युटी पेजेन्ट तथा फेसन शोका लागि कोरियोग्राफी गरिसकेका छन्। यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्युटी पेजेन्ट र फेसन शोका लागि कोरियोग्राफी गरेका छन्। यो सम्मानले आगामी दिनमा अभैm उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको अश्विनीले बताए।

प्रतिक्रिया दिनुहोस्