हवाईको किलाएवा ज्वालामुखी विस्फोट



हवाई, एजेन्सी ।

विश्वकै सबैभन्दा सक्रिय ज्वालामुखीका रुपमा चर्चित हवाई द्विपको किलाएवा ज्वालामुखी पुन विस्फोट भएको छ । ज्वालामुखीबाट ठुलो परिमाणमा खरानी निस्केको छ र त्यको लाभा ८२ फिट उचाइसम्म माथी उठिरहेको छ ।
अमेरिकाको हवाई स्थित निगरानी केन्द्रले उक्त ज्वालामुखी माथि निगरानी गर्दै आइरहेको छ ।

डिसेम्बर २० मा राती स्थानिय समय साढे ८ बजे किलाएवा पर्वतको फेदमा भुकम्प आएको बताइएको थियो । अमेरिकी भुगर्भ सर्वेक्षण अनुसार भुकम्प ४ दशमलव ४ रिक्टर स्केल मापन गरिएको थियो । राती करिब साढे ९ बजे ज्वालामुखीबाट खरानी र लाभा निस्कन थाले ।

यसअघि ज्वालामुखीको खरानीको निगरानी गर्ने वासिंगटन स्थित संस्थाले ज्वालामुखीबाट उत्सर्जित खरानी ३० हजार फुट माथिसम्म उठ्न सक्ने र त्यसले हवाई उडानमा समस्या आउने चेतावनी दिएको थियो । उक्त ज्वालामुखीबाट निस्केको लाभा धरै टाढाबाट पनि देख्न सकिने बताइएको छ । पुरै हवाई द्विपमा भुकम्पको धक्का महसुस गरिएको थियो ।

यात्रुवाहक विमानहरुलाई चेतावनी जारी गरिसकेको छ र अरेन्ज स्तरको अलर्ट घोषणा गरिएको छ । ज्वालामुखीबाट निस्केका लाभा पुरै इलाका भरिँदै गएको छ । लाभाका कारण ज्वालामुखीको वरपर एक पोखरी नै बनेको छ ।
लाभाले बेनेको पोखरी फैलिँदै गइरहेको छ ।

हरेक घन्टामा उक्त पोखरीको स्तर कयौं मिटर बढिरहेको छ । किलाएवा ज्वालामुखी हवाईको ज्वालामुखी नेसनल पार्कमा पर्छ । सन् १९५२ देखि अहिलेसम्ममा किलाएवा ज्वालामुखी ३४ पटक विस्फोट भइसकेको छ । यो हवाई द्विपमा सबैभन्दा कम उमेरको ज्वालामुखी हो ।

प्रतिक्रिया दिनुहोस्