संसद बिघटनको बिरोधमा सडकमा उत्रियो जसपा



कृष्णउदास खनाल, वीरगन्ज ।

प्रधानमंत्री केपी शर्मा ओलीले संबिधान बिपरित संस्द बिघटन गरेको भन्दै जनता समाजवादी पार्टी सडक उत्रिएको छ । सो पार्टी पर्साले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो १२ बजे घन्टाघरचोकमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले प्रधानमंत्री केपी ओलीविरुद्ध नारा लगाउँदै नाराबाजी गरेका हुन् ।

उनीहरुले बिरोध प्रदर्शन नगर परिक्रममा पश्चात् पुनः घण्टाघरमा नै आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागी भएका जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी ओली संसद् विघटन गरेर लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको आरोप लगाएका छन् ।

उनीहरुले विभिन्न आन्दोलनले बलिदानी दिएर जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले गत पौष ५ मा संसद विघटन गरेपछि जसपाका नेताहरुले त्यहि दिनदेखी लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै बिरोध प्रदर्शन सुरु गरेका छन् ।

बिरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्यहरु राजेशमान सिंह ,निजामुद्दिन समानी, रमेश कुर्मी,हरिनारायण रौनियार, जिल्ला अध्यक्ष रामनेरश यादव लगायतको सहभागिता रहेको पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय नीति अनुसार नै पर्सा जिल्लामा पनि बिरोध प्रदर्शन गरिएको सचिव अहमदले जानकारी दिनुभयो. ।

प्रतिक्रिया दिनुहोस्