बुटवल ४ का रामजी ज्ञवाली १३ दिन देखि बेपत्ता खोजी दिन परिवारको आग्रह



यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने वर्ष ३९ को राम जी ज्ञवाली बेपत्ता भएका छन ।१३  दिन अघि घरवाट लु ४८ प ५२०० नम्बरको स्कुटरमा निस्केका ज्ञवालीले घरमा पनि सम्र्पक नगरी वेपत्ता भएकाले घर परिवारले खोज तलासका लागि आग्रह गरेका छन ।

घर परिवारले नवलपरासीको वर्दघाट सम्म गएको थाहा भएको भए पनि उनि हालसम्म सम्र्पकमा नआएकाले र आफन्तकोमा समेत नगएकाले घर परिवारमा चिन्तित बनाएको बताएका छन । गहुगौरो बर्णको उचाई ५ फुट २ ईन्च रहेका ज्ञवाली वेपत्ता हुदां घरपरिवार र आफन्तमा पीडा भएकोले तुरुन्त घरमा सम्र्पक गर्न समेत परिवारजनले आग्रह गरेका छन ।

श्रीमती एक छोरा रहेका ज्ञवाली वेपत्ता भएकाले जोकोहीले देखेमा वा फेला पार्नु भएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८५७०२४३५५मा करुण खनाललाई सम्र्पक गर्नु हुन परिवारजनले आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्