पौष १० गतेबाट चलचित्र “आमा” र “सेन्टी भाइरस” प्रदर्शनको तयारी



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीका कारण लामो समयदेखि ठप्प सिनेमा हलहरु शुक्रबारबाट खुल्दै छन् । सरकारले हालसम्म चलचित्र हल खोल्ने निर्णय नगर्दा चलचित्र हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले शुक्रबारबाट हल खोल्ने घोषणा गरेको छ । यद्यपी हल खुलेपनि कुन सिनेमा प्रदर्शनमा आउँछन् भन्ने चासोको बिषय बनेको छ ।

हल खुल्दा चलचित्र आमा र सेन्टीभाइरस प्रदर्शनको तयारी भएको जनाईएको छ । यी दुबै चलचित्र हलमा प्रदर्शन भैरहेकै बेला कोरोना महामारी सुरु भएपछि समस्यामा परेका थिए । देशभरका हल ब्यवसायीहरु फिल्म हल खोल्न आतुर देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्