बालुवाटारमा बादल र ओलीबीच एक घण्टा छलफल



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलबीच १ घण्टा भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा ओली र बादलबीच झण्डै एक घण्टा छलफल भएको हो । पूर्व माओबादीबाट मन्त्री बनेका बादलले नेकपा बिभाजनपछि कुनै पक्षसंग हात मिलाएका छैनन् ।

मंगलबार प्रचण्डसंग भेटेपछि उनी नेता बामदेव गौतमसंग छलफल गर्न भैसेपाटी पुगेका थिए । उनले हालसम्म प्रचण्ड वा ओलीमध्ये कुनै समूसंग नजिक भएका छैनन् । मंगलबार उनी दुबै पक्षको भेलामा उपस्थित भएनन् । प्रधानमन्त्री ओलीसंग के के बिषयमा छलफल यो भन्ने खुलाइएको छैन । यद्यपी आृली प्रचण्ड दुबैलाई भेटेपछि आज कतातिर लाग्ने भन्ने निर्णय लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्