राजधानीमा कोरोना फैलिएपछि फेरि लकडाउन



एजेन्सी ।

कोरोना महामारीको त्रासका कारण भुटानमा फेरि लकडाउन घोषणा भएको छ । बुधबारदेखि एक साताका लागि भुटानका प्रधानमन्त्री लोते शेरिङले लकडाउनको घोषणा गरेका हुन् ।राजधानी थिम्पुमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि फेरि लकडाउन गरिएको हो ।

साताब्यापी लकडाउनमा एक शहरबाट अर्को शहरमा जान पाइने छैन । लकडाउन अवधिभर ५ जना ब्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाईएको छ भने फेस मास्क अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्