जाडोमा चाया परेर हैरान हुनुभयो ? हटाउने उपाय यस्ता छन



काठमाडाैं ।

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ ।

सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ गर्नुपर्ने हुन्छ ।

कपालको हेरचाह नै चाया यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ ।

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण,टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।

लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

कसरी बच्ने ? चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ, यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक पर्छ, यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँने गर्छ ।

भिटामिन युक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ ।

स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट मुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्