जाडोमा बदाम खानुका फाइदै फाइदा



काठमाडौं ।

विशेष गरी जाडो मौसममा घाम ताप्दै बदाम खानुको रमाइलो बेग्लै छ । बदाम स्वादिलो त हुन्छ नै, यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक छ । धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् ।

तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ ।

यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ । बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ । यसबाहेक यो खानाले शरीरमा तागत बढ्छ ।

यो भिटामिन ई र भिटामिन बी ६को पनि राम्रो स्रोत हो ।

बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ ।

बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।

गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।

प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।

बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।

बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।

यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।

यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्