स्पोर्टस अवार्डलाई टर्किस एयरलाइन्सको साथ



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल खेलकुद पत्रकार मञ्चले ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।
स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्सस“ग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्ज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता एक वर्षको हुनेछ । सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ ।
कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसी बताए– ‘खेलाडी र युवाहरूको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ । यो सह्रानीय कार्य हो । त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउ“दा आभारी छौं । नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ ।
मञ्चका महासचिव ओलीले बताए– ‘टर्किस एयरलाइन्सस“ग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउ“दा मञ्च परिवार खुसी छौं । सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक रहेको छ । यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ । टर्किस एयरलाइन्सले हाल विश्वका ३ सय २० गन्तव्यमा सेवा पु¥याइरहेको छ ।
हाल विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस महामारीका कारण विश्वका २ सय १५ गन्तव्यमा मात्र एयरलाइन्सले सेवा पु¥याइरहेको छ । ‘पल्सर स्पोटर््स अवार्ड’ कार्यक्रम पुस २८ गते हुनेछ । १७औं संस्करणको अवार्डको ‘पिपल्स च्वाइस’ विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्