आर्मीले पायो एएफसी लाइसेन्स



काठमाडौं, (नेस)

‘ए डिभिजन’ क्लब त्रिभुवन आर्मी एफसीले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेको छ । विभागीय क्लब आर्मीले यो लाइसेन्स लिएस“गै नेपालबाट एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा एएफसी कप खेल्न पाउने भयो । आर्मीले एएफसीको मापदण्डअनुसार सबै प्रक्रिया पालना गरेर आवेदन भरेको थियो, जसले गर्दा आर्मीलाई क्लब एएफसी लाइसेन्स प्रदान गरिएको मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनायो ।

नेपालका ‘ए डिभिजन’ क्लबमा एएफसीका अनुसार मापदण्ड पूरा नभएपछि केही वर्षदेखि ती ‘ए डिभिजन’ क्लबहरूले एएफसीको प्रतियोगितामा सहभागिता जनाउन कठिन भएको थियो । एक क्लबले त मापदण्ड पूरा नभएको अवस्थामा पनि एएफसी क्लबस्तरीय एएफसी कप खेलेको थियो । तर, एएफसीको अनुगमनपछि उक्त क्लबलाई जरिवाना पनि तिराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्