माइग्रेनले हुनसक्छ ब्रेन स्ट्रोक



माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिई–रोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ । यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुनसक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।
माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेष गरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५–२० दिनमा पनि टाउको दुख्ने हुन्छ । माइग्रेनको दुखाइ ३–४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।
माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र बान्ता हुनेसम्म हुन्छ । यस्तै आलस्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पु¥याउन सक्छ ।
माइग्रेनका कारण टाउको दुखेमा वाकवाकी लाग्ने, बान्ता हुने, डायरिया हुने लगायतको समस्या निम्तने गर्छ । माइग्रेनका कारण टाउको दुखेमा खाना सानो आन्द्रामा ढिलो गरी पुग्ने गर्छ । जसले गर्दा शरीरको पाचन प्रणालीमा विपरीत असर पर्छ ।
साथै, चर्को घाम, बत्तीको प्रकाश तथा आवाजप्रति संवेदनशीलता बढ्न थाल्छ । त्यस्तै, फूलको गन्ध, डियोड्रेन्ट तथा परफ्युमबाट निस्कने कडा गन्धका कारण पनि माइग्रेन हुनसक्छ । एक तथ्यांकअनुसार नेपालमा न्युरोसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीमध्ये करिब सातदेखि आठजनालाई माइग्रेनसम्बन्धी समस्या हुने गर्छ । र, यो समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ ।
अन्य व्यक्तिको तुलनामा माइग्रेनको समस्या हुने व्यक्तिलाई स्ट्रोकको खतरा दुई गुणा बढी हुन्छ । वैज्ञानिकहरुले जनाएअनुसार यो तथ्यले उनीहरुलाई स्ट्रोकप्रति संवेदनशीलतबारे अध्ययन गर्न थप सहायता मिल्छ । धूमपानका साथै दिनचर्यासित असम्बन्धित अस्वस्थ बानी पनि माइग्रेनको कारण बन्न सक्छ । र, माइग्रेनको समस्या भएकामा टाउकाको आधा भाग दुख्ने गर्छ, जसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।
माइग्रेन उपचार गर्न सकिने समस्या हो । फिजिसियन र न्युरोलोजिस्टले ओपीडीमा बिरामीको दुखाइ कस्तो छ, दुखाइ हुँदा के–के हुन्छ, दुखाइ कतिबेरसम्म रहन्छ लगायत परीक्षण गरेर यसको निक्र्यौल गर्न सक्छन् । अरू साना खालका परीक्षण गरेर पनि माइग्रेन भए÷नभएको निक्र्यौल गर्न सकिन्छ । अरू कुनै विशेष परीक्षण गर्नुपर्दैन । धेरै बिरामी सिटी स्क्यानलगायत अनेक थरी परीक्षण गरेर मात्रै न्युरोलोजिस्टकहाँ जान्छन् ।
केही माइग्रेनहरूमा थप परीक्षण पनि गर्नुपर्ने हुन्छ । जसका कारण माइग्रेन बढी भएको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । माइग्रेन पीडितहरूले आफ्ना समस्या बताएको आधारमा यसको उपचार गर्न सकिन्छ । टाउको कति दुख्छ, टाउको दुखाइसँगै के–के हुन्छ र कति समयदेखि भइरहेको छ लगायतका परीक्षणमा माइग्रेन हो भनेर पत्ता लगाउन सकिन्छ ।
माइग्रेनको उपचारलाई विभिन्न भागमा बाँड्न सकिन्छ । पीडाको आधारमा औषधि दिइन्छ । व्यक्तिको समस्या, उमेर र लिंगका आधारमा पनि औषधि खानुपर्ने हुन्छ । माइग्रेन भएका व्यक्ति जे कारणले माइग्रेन भएको छ त्यसबाट बच्नुपर्छ । जस्तै, चर्को घाममा गएर माइग्रेनको आक्रमण हुन्छ भने त्यहाँ नजाने, असर गर्ने खानेकुरा नखाने, चकलेट, कफी, वाइन, चिजलगायतले असर गर्छ भने ती पनि खानुहुँदैन । कम्तीमा ८ घन्टा सुत्नुपर्छ । आधा घन्टा दैनिक शारीरिक व्यायाम गर्नुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ भने धेरै गर्मी अनि धेरै जाडोबाट बच्नुपर्छ ।
– सुम्निमा थामी, मोरङ ।

 

प्रतिक्रिया दिनुहोस्