नेकपा सल्यानको पार्टी कार्यालयमा दुबै पक्षको तालाबन्दी



न्युज अफ नेपाल, सल्यान ।

नेकपामा केन्द्रमा विवाद भएसंगै जिल्लामा पनि कार्यकर्ता दुई खेमामा विभाजित हुन थालेका छन् । सल्यानमा नेकपा पार्टी कार्यलयमा दुवै पक्षका कार्यकताले तालावन्दी गरेका छन् । केपी शर्मा आलैली निकट जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र प्रचण्ड नेपाल पक्षधर जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कार्यालयमा छुट्टै छुटै ताला वन्दी गरेका हुन ।

कार्यालय आफ्नो पक्ष मातहतमा लिनका लागि दुवै समूहले तालाबन्दी गरेका हुन । कार्यकता सहित पार्टी कार्यालय पुगेका पुन र वुढाथोकीले तालावन्दी गरेका छन् ।

पार्टी कार्यालयमा दुवै तर्फका कार्यकताको वाक्लो उपस्थिति रहेको थियो । नेकपा जिल्ला कमिटी सदस्य रमेश गौतमले दुवै पक्षले कार्यालयमा तालावन्दी गरेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्