ट्रम्पद्वारा मोदीलाई लिजन अफ मेरिट पुरस्कारबाट सम्मान



वासिंगटन (एजेन्सी)

प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा लिजन अफ मेरिट पुरस्कारबाट सम्मानित गरिएको छ । प्रधानमन्त्री मोदीका तर्फबाट उक्त अवार्ड भारतिय राजदुत तरणजित सिंध संन्धुले ग्रहण गरेको हो । यो सम्मानका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले प्रधानमन्त्री मोदीको नाम प्रस्ताव गरेका थिए ।

यसअघि मोदीले रुस, साउदी अरेबिया, बहराइन, यूएई, फिलिपिन्स र मालदिभ्स जस्ता देशबाट आफ्ना सर्वाेच्च सम्मान प्राप्त गरिसकेको छ । लिजन अफ मेरिड अवार्ड अमेरिकाको प्रतिष्ठित सम्मान हो । यो सम्मान उत्कृष्ट सेवा तथा उपलब्धि प्रदर्शनमा असाधारण रुपमा गरिएका कामका लागि प्रदान गरिन्छ ।

यो अवार्डबाट अन्य देशका प्रमुख लगायत अमेरिकी सेनाका अधिकारीहरुलाई सम्मानित गरिन्छ । ट्रम्पले यो अवार्ड प्रधानमन्त्री मोदीलाई उनको कार्यकालमा अमेरिकासँग बलियो द्विपक्षिय सम्बन्धका आधारका लागि दिइएको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले यो सम्मान भारतिय राजदुत तरणजित सिंह सन्धुलाई दिएको हो ।

उनले ट्विटमा उक्त अवसरको तस्विर पोस्ट गर्दै लेखेका छन्, राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतिय प्रकानमन्त्री नरेन्द्र मोदीलाई लिजन अफ मेरिटबाट सम्मानित गरिएको छ । उनले जसरी भारतलाई अन्तराष्ट्रिय मन्चमा पुर्याएको छ र भारत अमेरिकाको सम्बन्धलाई बलियो बनायो त्यसका लागि यो सम्मान दिइएको हो ।

प्रधानमन्त्री मोदी बाहे ट्रम्पले यो सम्मान अष्ट्रेलियका प्रकानमन्त्री स्कट मोरिसन र जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेलाई दिएको हो । ती दुबै देशसँग पनि अमेरिकाको अत्यन्त बलिया सम्बन्ध रहेकोछ । चीनको चुनौतीलाई परास्त पार्न अमेरिकाले भारत, जापान र अष्ट्रेलियासँग मिलेर क्वाडको गठन पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्