संसद बिघटनको निर्णय ओेलीको असंबैधानिक कदम : देउवा



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवले प्रधानमन्त्री केपी ओलीले चालेको संसद बिघटनको कदम असंबैधानिक भएको बताएका छन् । उनले सरकारको उक्त कदमबिरुद्ध कांग्रेसले कांग्रेस जिम्मेवार भएर अघि बढ्ने पनि बताएका छन् ।  मंगलबार दिउँसो  सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरंकुश आकांक्षाबाट प्रेरित छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी जिम्मेवार भएर अगाडि बढ्छौं। अभिभावकीय भूमिका खेल्नुपर्छ।’ भोलि दिउँसो १ बजे पुन बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक आजलाई स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्