ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय, नेकपा अध्यक्ष बन्दै माधव नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

पुष्पकमल दाहाल र माधव नेपाल समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट केपी ओलीलाई हटाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निणय गरेको हो । अब नेकपाको अध्यक्षमा माधव नेपाललाई बनाउने तयारी गरिएको छ । नेकपामा दुई अध्यक्ष प्रणली रहेकाले प्रचण्ड नेपाल दुबै जना अध्यक्ष रहनेछन् ।

ओलीलाई हटाउने र नेपाललाई अध्यक्ष बनाउने निर्णय आजको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्