प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक फुटको संघारमा पुगेको छ । मंगलबार बिहान अर्का अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सकिने बित्तिकै कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको बैठक बब्महलस्थित कार्की ब्यांक्वैटमा सुरु भएको छ ।

आजको स्थायी कमिटी बैठकबाट माधव नेपालाई अध्यक्ष बनाउने तयारी छ । यस्तै यसअघि ओली पक्षले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्म्ेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्