भोलि ओली पक्षले सातै प्रदेशमा भेला गर्ने



न्युज अफ नेपाल काठमाडौ ।

नेकपाको केपी ओली पक्षले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

यस प्रयोजनका लागि केन्द्रबाट संयोजक समेत तोकिएको छ । जस अनुसार, प्रदेश नं १ का लागि गुरु बराल, प्रदेश नं २ का लागि सुमन प्याकुरेल, बाग्मती प्रदेशका लागि आनन्द पोखरेल, गण्डकी प्रदेशका लागि टोपबहादुर रायमाझी, कर्णाली प्रदेशका लागि शंकर पोखरेल र यामलाल कंडेल, सुदूर पश्चिमका लागि प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका लागि खिमलाल भट्टराईलाई संयोजक तोकिएको छ ।
हरेक प्रदेशका संयोजकले भेलाको प्रमुख आतित्थ समेत गर्ने छन्

प्रतिक्रिया दिनुहोस्