याे वर्ष त्रिविका शिक्षकको हिउँदे बिदा नहुने



न्युज अफ नेपाल काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय त्रिविले यस वर्षको शिक्षकको हिउँदे बिदा रद्ध गरेको छ ।

त्रिविले एक सूचना जारी गर्दै कोभिड–१९ को परिस्थितिमा पनि परीक्षा र पठनपाठन सुचारु राख्नको लागि त्रिवि अन्तर्गतका आंगिक तथा सम्बन्धित क्याम्पसका शिक्षकको हिउँदे विदा रद्ध गरेको जनाएको छ । शैक्षिक सत्रलाई खेर जान नदिनको लागि उक्त निर्णय गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।

कोेभिड–१९ परिस्थितिमा कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरुलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था रद्ध गरेर पठनपाठनलाई सूचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्