तनहुँमा थप एक संक्रमित पुरुषको मृत्यु



न्युज अफ नेपाल काठमाडौं ।

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका ५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्