महिला मृत फेला, एक जना प्रहरी नियन्त्रणमा



रामधन राई, खोटाङ ।

खोटाङस्थित साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँ सेखुवामा एक महिला मृत भेटिएकी छन् । सेखुवामा पर्ने साप्सुखोलामा स्थानीय २८ वर्षीया सकुन्तला राई सोमवार मृत भेटिएकी हुन् ।

मृत फेला परेको महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरीयाले वताउनुभयो । घटनामा संलग्नको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डिएसपी चिमरीयाले बताउनुभयो । आशंका मात्र गरिएकाले नियन्त्रणमा लिईएको व्यक्तिको वारेमा केही पनि खुलाउन नमिल्ने चिमोरियाले जनाउनुभयो ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्