निशाले ल्याइन् पाउ हजुरको



शास्त्रीय गीतगायनमा विशेष दख्खल राख्ने लोकप्रिय गायिका निशा देसारले आफ्नो स्वरमा नयाँ गीत पाउ हजुरको दर्शक स्रोतामाझ ल्याएकी छन्। शास्त्रीय शैलीमा तयार गरिएको गीतको भिडियो हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द डा. दिलीपकुमार मल्लको रहेको छ भने लक्षुप्रकाश मल्लको संगीत रहेको छ।

ठकुरी वंशको ऐतिहासिक पक्षलाई प्रस्तुत गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा दिलीपकुमार मल्ल, बेनिशा हमाल, सोमराज शाह, विश्वसिंह ठकुरी, निशा शाहलगायतले अभिनय गरेका छन्। राजा–महाराजका अगाडि दरबारमा कलाकारहरुले प्रस्तुत गर्ने नाचगानलाई यो भिडियोमा निकै आकर्षकपूर्वक उतारिएको छ। अभिनेत्री बेनिशा हमालको नृत्य रहेको भिडियोमा बेनिशाले दरबारिया तथा शास्त्रीय शैलीमा निकै राम्रो नृत्य गरेकी छिन्। जसमा उनलाई सहयोगी कलाकारहरुले साथ दिएका छन्।

गायिका निशाका अनुसार उनका उत्कृष्ट गीतहरुको सूचीमा पाउ हजुरको पनि पर्दछ। त्यसैले यो गीत तथा भिडियो दुवै राम्रो बनेको उनी बताउँछिन्। स्वजन रघुवंशीको कोरियोग्राफी रहेको भिडियोमा शेर शाहीको निर्देशन रहेको छ। भिडियोमा दीपक गिरीको छायांकन र मिलनविक्रम शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्