म्यानचेस्टर युनाइटेडको जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जितको नतिजा आत्मसात् गरेको छ ।

आइतबार राति भएको लिगको १३औं साताको खेलमा युनाइटेडले लिड्स युनाइटेडविरुद्ध ६–२ को फराकिलो गोलअन्तरको जित निकालेको हो । युनाइटेडका लागि चारजना खेलाडीले गोल गर्दा ब्रुनो फर्नान्डेज र स्कुट म्याक टोमिनेले दुई–दुई गोल आफ्नो नाममा लेखाए । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा गोलको वर्षा गर्दै फराकिलो जित निकालेपछि युनाइटेडले अंक तालिकामा सुधार पनि गरेको छ । यो जितसँगै युनाइटेडले १३ खेलपछि २६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्