वैद्यनाथ बाहिनी र छिन्नमस्ता बाहिनी फाइनलमा



काठमाडौं, (नेस) ।

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ अन्तर्गत पुरुष फुटबलतर्फ शसस्त्र प्रहरी बलका नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली फाइनलमा पुगेका छन् । सोमबार भएका सेमिफाइनलमा छिन्नमस्ता बाहिनीले शस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २–० गोलले पराजित गर्‍यो । त्यस्तैे, वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई १–० गोलले गरेको हो । यसैगरी, भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले कैलालीको वैद्यनाथ बाहिनीलाई २५–२३, २५–१५, २२–२५, २५–२३ र १५–१३ को स्कोरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी, सो प्रतियोगिताअन्तर्गत् एथलेटिक्सतर्फको पुरुष लङजम्पमा महोत्तरीको छिन्नमस्ता बाहिनीका राजु चौधरी पहिलो भए । सुनसरीको बराह बाहिनी जर्मन कार्की दोश्रो तथा कैलालीको वैद्यनाथ बाहिनीका मंगल थारू तेस्रो भएका छन् । फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरू समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कुल २ सय ७० जना खेलाडीहरूको सहभागिता रहेको छ । उक्त प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपिएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्