पीएम कप छनोटमा बैतडी सेमिफाइनलमा



विनोद सिंह विष्ट, बैतडी । 

प्रधानमन्त्री कप पीएम एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम महिला छनोटमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

कैलालीलाई २ विकेटले पाखा लगाउँदै बैतडी समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । कैलालीले दिएको ७६ रनको लक्ष्य बैतडीले १८.१ ओभरमा ८ विकेटको क्षतिमा भेटाएको हो । टिमको जितमा मञ्जु बोगटीले सर्वाधिक २४ तथा कप्तान ऋतु कनौजियाले २० रनको योगदान गरे । कैलालीका लागि स्नेहा महराले ३ तथा कविता कुवँरले २ विकेट हात पारेका थिए ।

यसअघि, फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको कैलालीले २० ओभरमा ६ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । टिमका लागि रुवी पोदारले २४ तथा कविता कुवँरले २१ रन बनाएका थिए । बैतडीका सुनीता लुहारले ३ तथा पूजा कार्कीले २ विकेट लिएका थिए । बैतडीका लागि अलराउन्ड प्रदर्शन गरेकी सुनीता लुहार ‘प्लेयर अफ द म्याच’ भइन् ।

यस्तै, अर्को खेलमा डडेल्धुरालाई ५७ रनले पराजित गरेर बझाङ पनि अन्तिम चारमा पुग्यो । सुरक्षित भएको छ । योसँगै प्रतियोगिताअन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ । ‘समूह ए’ को विजेता बन्दै बैतडी र उपपविजेता हुँदै कैलाली अन्तिम चारमा पुगेका हुन् । समूह बीको विजेता बन्दै कञ्चनपुर र उपविजेता बन्दै बझाङले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

सेमिफाइनलका खेलहरू मंगलबार हुनेछन् । पहिलो सेमिफाइनलमा कञ्चनपुर र कैलाली भिड्दा दोस्रो सेमिफाइनलमा बैतडी र बझाङ प्रतिस्प्रर्धा गर्नेछन्

प्रतिक्रिया दिनुहोस्