हेमिल्टनले ‘स्पोर्टस् पर्सनालिटी अवार्ड’ जिते



लन्डन, (एजेन्सी) ।

गत वर्ष रनरअपमा चित्त बुझाएका फर्मुला वानका विश्व विजेता लेविस हेमिल्टन वर्ष २०२० को ‘बीबीसी स्पोर्टस् पर्सनालिटी अवार्ड’ जितेका छन् ।

हेमिल्टनले वर्ष ‘स्पोर्टस् पर्सनालिटी अवार्ड‘ जितेको यो दोस्रोपटक हो । यसअघि, सन् २०१४ मा उनले पहिलोपटक यो अवार्ड जितेका थिए । तर, उनी सो अवार्डमा चारपटक दोस्रो स्थानमा खुम्चिएका थिए ।

महान् फर्मुला वानका ड्राइभर माइकल सुमाकरको ७ विश्व उपाधि कीर्तिमानसँग बराबरी गरेका हेमिल्टनले यो वर्ष चार लगातार उपाधि जितेका छन् । जसमा उनले जारी वर्षमा १७ ग्रान्ड प्रिक्समा सहभागिता जनाएर ११ वटा उपाधि जितेका छन् । ३५ वर्षीय हेमिल्टनले
सुमाकरको कुल ९१ ग्रान्ड प्रिक्स जितेको संख्या पनि पार गरेका छन् ।

मतअनुसार लिभरपुलका कप्तान जोर्डान हेन्डरसन दोस्रो स्थानमा रहे भने जकी होली डोएल तेस्रो स्थानमा रहेका थिए । यसैगरी, बक्सर टाइसन फुरी, इंग्ल्यान्डका क्रिकेटर स्टुआर्ट ब्रोड र स्नुकरका महान् खेलाडी रोनी ओसलिभान सो अवार्डको सूचीमा परेका थिए ।

‘बीबीसी स्पोर्टस् पर्सनालिटी अवार्ड’अन्तर्गत लिभरपुलका कप्तान हेन्डरसनले जित्न नसके पनि कोचले भने अवार्ड जिते । लिभरपुलका मेनेजर यर्जेन क्लोप ‘वर्षका उत्कृष्ट कोच’ घोषित भए भने लिभरपुलले ‘टिम अफ द इयर’ को अवार्ड जित्न सफल भयो । यस्तै, सो अवार्डअन्तर्गत ‘हेलेन रोलासन अवाडर्’ क्याप्टेन सर टम मुर्रे र ‘एक्सपर्ट स्पेसल प्यानेल अवार्ड’ म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्डले जिते ।

प्रतिक्रिया दिनुहोस्