तावाभञ्ज्याङ–टेम्के मुन्धुममा पदमार्ग



6]Ds]8fF8f hf]8g] d’Gw’d 6«]n lznfGof; vf]6fª, # k’;M ;fs]nf ufpFkflnsf–# lvlbdfl:yt tfjfe~Hofªaf6 ko{6sLo:yn 6]Ds]8fF8f hf]8g] d”Gw”d 6«]n -kbdfu{_ z’qmaf/ lznfGof; ug'{x’Fb} k|b]z;ef ;b:o /fds’df/ /fO{ …kf;fªÚ . ;fs]nf ufFpkflnsfsf] #) k|ltzt, k|b]z ;/sf/sf] #% k|ltzt / :jL; ;/sf/sf] #% k|ltztu/L hDdf ? (* nfv *% xhf/ ^#( sf] nfutdf pQm kbdfu{ lgdf{0f x’g] hgfOPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

नेपाल समाचारपत्र, खोटाङ ।

खोटाङस्थित साकेला गाउपालिका–३ खिदिमामा पर्ने पर्यटकीयस्थल तावा भञ्ज्याङदेखि चखेवा भञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) को काम शुरु भएको छ । करिब १० किलोमिटर लामो उक्त पदमार्गको शुक्रबारदेखि शुरु भएको हो ।

खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरिएको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ ले बताउनुभयो ।

सरकारको तीनवटै तह तथा स्विस सरकारबाट प्राप्त जम्मा ९८ लाख ८५ हजार ६ सय ३९ को लागतमा उक्त पदमार्ग निर्माण हुने गाउँपालिका प्रमुख अर्जुनकुुुमार खड्का ‘झङ्कार’ बताउनुहुन्छ । मुन्धुम ट्रेलबाट खोटाङ र भोजपुरले धेरै ठूलो आम्दानी लिन सक्नेछ । सरकारले निर्धारण गरेको १ सयवटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा उक्त पदमार्गलाई राखेको छ ।

पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र स्विस सरकार विकास नियोगको त्रिपक्षीय लगानी रहनेछ । प्रस्तावित पदमार्ग निर्माण गर्न साकेला गाँउपालिकाको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्विस सरकारको तर्फबाट ३५ प्रतिशत अनुदान सहयोग रहनेछ ।

प्रतिक्रिया दिनुहोस्