विपन्न बालबालिकालाई शैक्षिक सामग्री



नेपाल समाचारपत्र, जाजरकोट ।

जाजरकोट कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका–८ सय ३१ जना विपन्न तथा सीमान्तकृत वर्गका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा पालिकामा सञ्चालित कार्यक्रमबाट कुसे र छेडागाड नगरपालिकाका विद्यालय व्यवस्थापन समिति, गाउँ बाल अधिकार संरक्षण समितिले छनोट गरेका विपन्न, दलित अनाथलगायतका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समिति र बाल अधिकार संरक्षण समितिले छनोट गरेका कुसे गाउँपालिकाका २ सय ८१ र छेडागाड नगरपालिकाका ५ सय ५० बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको कुुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले ।

कुशे गाउँपालिकाका सबै वडाका २ सय ७७ जना विपन्न र सीमान्तकृत ४ जना बहु अपांगता भएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । छेडागाड नगरपालिकाका पजारु, सुवानाउनी, दसेरा, झाप्रा, साल्मा र कार्कीगाउँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पारिवारिक स्थिति छनोट गरी गरिब तथा विपन्न सीमान्तकृत वर्गको सूचीमा पर्ने बालबालिकालाई सामग्री वितरण गरेको हो ।

गरिवी र बिपन्नताले विद्यालय छोड्नुपर्ने अवस्थामा रहेका बालविलकालाई कुुसे र छेडागाड नगरपालिकाको समन्यवमा सहयात्रा परियोजनाले झोला, कापी कलम, सट पाइन्ट स्विटर, जुत्ता, कलर पेन्सिल, ज्यामितिलगायत न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष बस्नेतले जनाउनुभयो ।

जाडो मौसममा गरिबीका कारण न्यानो कपडा, शैक्षिक सामग्रीको अभावमा विद्यालयको पहुँचबाहिर रहेका सामग्री अभावका कारण विद्यालय छोड्ने दर बढिरहेकाले प्रतिबालबालिकालाई करिब ३ हजार को दरले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको सहयोगी संस्थाका छवि पन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्