मनमोहन कार्डियोमा डा. गजुरेल



काठमाडौं, (नेस) ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी (मुटुरोग) विभागको प्रमुखमा प्राडा रत्नमणि गजुरेल नियुक्त हुनुभएको छ ।

आईओएमअन्तर्गतको महाराजगन्ज क्याम्पसको निर्णयअनुसार डा. गजुरेल विभागीय प्रमुख नियुक्त हुनुभएको हो । उहाँले २०४९ सालमा आईओएमबाट हेल्थ असिस्टेन्ट (एचए)को पढाइ पूरा गरेसँगै आँखा रोग विभागबाट सेवा प्रवेश गर्नुभएकोे हो ।

डा. गजुरेलले आइतबारदेखि नै लागू हुने गरी विभागीय प्रमुखको पदबहाली गर्नुभएको हो । उहाँ आईओएमबाट उत्पादन भएको र आईओएमकै लागि समर्पित चिकित्सकका रुपमा चिनिनुहुन्छ । डा. गजुरेलले अमेरिका, बेलायत र सिंगापुरका विभिन्न इस्टिच्युटबाट कार्डियोलोजीमा फेलोसिप पूरा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्