बानेश्वरमा संसद विघटनविरुद्ध धमाधम हस्ताक्षर



न्युज अफ नेपाल, काठमाडौं ।

 नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सांसदहरूले संसद विघटनका विरुद्ध संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि पुगेका छन् ।

अहिले धमाधम हस्ताक्षर गरिरहेका छन् । सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्