रेलमार्गको शुरुवाती चरणकै कार्यमा लापरबाही



सञ्जय कार्की, रौतहट ।

लागत नक्सा बिपरित निर्माण ब्यबसायीले रेलमार्गको कार्य गर्दै आएको पाइएको छ । नेपाल सरकारको महत्वकाक्षी योजनाको रुपमा रहेको रेलमार्ग निर्माणको शुरुवाती चरणमै प्राबिधिक डिजाईन बिपरित निर्माण ब्यबसायीले मुनाफा आर्जनको लागि कार्य गर्दै आएको पाइएको छ । लामा गोल्डेनवाल सिरुवा जेभी द्धारा निर्माण शुरु गरिएको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा साईट सफा नगरिकनै ग्य्राबेल राख्न शुरु गरिएको छ ।

प्राबिधिक डिजाईनमा साईट क्लियर गरेर रोलिङ्ग गरेपछि नीयमानुसार कार्य गर्दै जानु पर्नेमा साईटमा प्राबिधिक कर्मचारी नभएको मौका छोपी आफुखुशी कार्य गर्दै आएको पाइएको छ । बेश सफा नगदैए गहु खेती भैरहेको खेत माथिनै निर्माण ब्यबसयीले ल्याब टेष्ट नगरिकनै चादी नदिको ग्य्राबेल राख्न शुरु गरिसकेका छन । लामा गोल्डेनवाल सिरुवा जेभी द्धारा सकार गरिएको ठेक्का नं ४ को कामको शुरूवाती चरणमै गुणस्तरहिन कार्य भएको स्थानीयले आराप लगाएका छन ।

काम गर्नु पर्ने अबस्थाको बोर्ड समेत नटासिकनै निर्माण ब्यबसायीले प्राबिधिक कर्मचारी लाई प्रलोभनमा पारेर गुणस्तरहिन कार्य गर्दै आएका छन । सो निर्माण ब्यबसायीले चन्द्रपुर नगरपालिकाको सन्तपुर देखि चादी नदि सम्म निर्माण कार्य थालेको छ । सो कार्यमा कमसल माटो मिस्रीत मिक्स ग्रेवल प्रयोग भैरहेको स्थानीय अमृत सापकोटाले बताए ।

लामो समय देखि जनकपुर देखि बर्दिवास हुदै बिरगंज सम्मको रेलमार्ग निर्माण हुदै आएको छ । साईटमा प्राबिधिक कर्मचारी बस्ने गरेका छैनन तर रेलमार्गको कार्य धमाधम भैरहेको छ । ग्य्राबेल राखेपछि हरेक १५ सेन्टिमिटरमा ग्रेडिङ्ग गर्दै पानी हालेर पुन रोलिङ्ग गरी हरेक लेयरो डेन्सिटि परिक्षण पछि अर्को लेयर तयार गर्न क्रमश ग्य्राबेल हाल्दै जानु पर्ने डिजाईन रहेको छ तर निर्माण ब्यबसायीले प्राबिधिक कर्मचारी लाई आर्थीक प्रलोभनमा पारेर मापदण्ड बिपरित कार्य गर्दै आएको पाइएको छ ।

३ देअि ४ मिटर ग्य्राबेल राखेर एकैपल्ट निर्माण ब्यबसायीले रोलिङ्ग गर्दै आएको पाइएको छ । चादी नदिको कमसल ग्य्राबेल रेलमार्गमा राख्दा यस्ले दुरगामी असर गर्ने बताइएको छ । रेलमार्ग निर्माण गर्दा राखिने ग्राबेलको परिक्षण हुनु पर्नेमा निर्माण ब्यबसायीले ल्याबका टेक्निसियन लाई समेत आर्थीक प्रलोभनमा पारेर पास गराउदै आउने गरेको आरोप रहेको छ ।

रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका प्रमुख डिभिजन ईन्जिनियर देबेन्द्र साहले प्राबिधिक जनशक्तिको अभाब रहेको बताउनु भयो । उहाले आफुले मंसिर २९ गते यता जिम्मेबारी पाएको भन्नु हुदै गुणस्तरी कार्यमा आफनो जोड रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्