नेकपामा मेरो हस्ताक्षरबिनाका सबै निर्णय अबैध हुन् : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शमौ ओली पार्टीमा आफ्नो हस्ताक्षर बिनाका निर्णयहरु अबैध हुने बताएका छन् । लामो समयदेखि सुरु भएको नेकपाको आन्तरिक बिवाद यतिबेला चरम उत्कर्षमा पुगेको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि नेपाली राजनितीमा सनसनी मच्चिएको छ ।

नेकपाका सांसदहरु आफू पक्षका नेताहरुका भेलामा सहभागि हुन थालेका छन् भने नेताहरु कानुनी तथा राजनितीक परामर्शमा जुटेका छन् । नेकपाका ८७ जना सांसद संसद बिघटनको निर्णबिरुद्ध सर्वोच्चमा जाने तयारी गरेका बेलामा ओलीको यस्तो अभिब्यक्ति आउन्ुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्