धैबुङकोटको महत्व र महिमा



सरस्वति न्यौपाने, रसुवा  ।

नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट,सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बत संग सिमाना जोडिएको विविध सम्पदाले भरिपुर्ण रसुवाको कालिका गाउँपालिका वडा नम्बर दुई मा रहेको धैबुङकोटको ऐतिहासिक महत्व रहेको छ ।

त्यस गाउँका मानिसहरुको भनाई अनुसार गोसाईकुण्ड जाने तीर्थयात्रीलाई दही दिने प्रचलनबाट यस ठाउँको नाम दहीघुम रहयो र पछि दही घुमको अपभ्रंस भएर नै धैबुङ रहन गयो पृथ्बी नारायण शाहको राज्य एकीकरणका क्रममा युद्घ व्यवस्थापन का लागी कोतघर बनाइएको र त्यही समय देखि गोरखाबाट गोरखनाथको मुर्ति टाउको मा बोकेर गोसाईकुण्डमा स्नान गराई सो मृर्तिलाई गोरखा नै पु¥याउने चलन रहेको हो ।

२०३२ साल भन्दा अघि धैबुङ लगाएतका ठाउँहरु नुवाकोटमा रहेका थिए ।बेलकोट मालकोट, धुवाकोट,भैरमकोट,कालिकोट सल्यानकोट,सिमलकोट,प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामाकरण भएको हो ।

नुवाकोट नामाकरण हुदाँ धैबुङकोट नुवाकोटमा रहेको २०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा सिमाङकन गरिएको ऐतिहासिक पक्ष र विभिन्न दस्ताबेजहरु पाईन्छ । नुवाकोट हुदाँ यस ठाँउलाई रामकाली गाउँ पश्चायतको नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राममन्दिर धैबुङमा रहेको कालिका मन्दिरको संयुक्त नामलाई समावेश गरी रामकाली नामकरण गरिएको भन्ने भनाई रहेको छ ।

रामकाली हुदाँ हाल नुवाकोटमा रहेको केराधारी,मभीर, कुवापानी लगायतका ठाउँहरु रसुवामा नै पर्दथ्यो भन्ने भनाईहरु छन , पछि पुन संरचना बन्दा रसुवाको बेत्रावतीको भाग रामकाली गाउँ पश्चायतमा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्तावेजहरुमा साविकको धैबुङ गा.वि.स.लाई जिबजिबे निलकण्ड भनेर उल्लेख गरेको पाईन्छ ।

राजा पृथ्बी नारायण शाहले राज्य एकिकरणको समयमा यस भुभागमा आउँदा आफुसंग आएका भाई भारदारलाई बाली(कुत) उठाएर खाने गरी केही भुभाग हरु उनिहरुको नाममा दर्ता गराएका थिए । भन्ने भनाई रहेको छ । हालसम्म त्यही जमिन विर्ताबालाहरुको नाममा रहको पाईन्छ ।

साविकको धैबुङ गा.वि.स. हाल कालिका गाउँपालिका कालिकास्थानको चिउरी बोट नजिकै बनेको कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बत सँग लडाई लडेका थिए भन्ने किंबदन्ती रहेको छ । सत्कार सहित खानामा दही र पानी पर्दा ओढनको लागि घुम दिइने चलन थियो । त्यतिबेला देखिनै यस ठाउँ दही र घुमको रुपमा प्रख्यात हुदै गयो पछि पनि गोसाईकुण्ड जाने प्राय मानिसहरुलाई ओढन घुम नभएपछि दही खुवाएर पठाईन्छ । १५ सय १४ वर्गमिटरमा फैलिएको रसुवा जिल्लामा नेपालीहरुको पबित्र तथा पर्यटकिय

खण्ड बेत्रावती उत्तरगया धाम देखि विभिन्न ऐतिहासिक, सास्किृतिक धार्मिक तथा विभिन्न स्थलहरु देख्न सकिन्छ ।

नेपालको संविधान २०७२ अनुरुप राज्य पुनसंरचना भएपछि रसुवालाई ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । यसअघि १८ गा.विस. रहेका थिए । विशिष्ट हिमाली जीवनशैलीका विच रहन सहन भेषभुषा र चालचलन हरु रहेका छन ।

यही साबिकको धैबुङ गाविस हालको कालिका गाउँपालिका वडा नम्बर ५ जिबजिबे स्थित रमणीय स्थल थुम्कीमा अबस्थित नीलकण्ड महादेव मन्दिर रहेको छ । पासाङल्हामु राजमार्गको कालिकास्थान बाट पुर्वपट्टी करिब १ः३ किमि दुरीमा पर्ने यो मन्दिरसम्म नै सडक मार्ग बनिसकेको छ । २०१८ सालमा यस महादेबकोृ मन्दिर स्थापना भएको हो । परापुर्वकालमा यस मन्दिर मुनी बाधिएको गाई प्रत्येक विहान हराउने भएकोले खोजिगर्दा उक्त गाईले यस शीलामा दुध झारिरहेको कारण त्यस बेलादेखि यहाँ पुजा आजा गर्दै आएको भनाई रहेको छ ।
एकपटक मन्दिर भत्काउदा कसैले वास्ता गरेनन के हुन्छ त भन्ने कारण ले यहाँ चट्याङको थप आकस्मिक बढेको र मान्छे तथा बस्तु भाउ मार्न थाले पछि क्षमा पुजा गरे पछि सो भय हटेको स्थानीय बुढापाका बताउछन । त्यसैलेत एककोटी मध्येको धैबुङकोटको महत्व र महिमा वेग्लै रहेको छ । आस्थामा आडिएको छ ।

प्रतिक्रिया दिनुहोस्