टिकटकले लियो ज्यान, झोलुंगे पुलबाट खसेका थापाको मृत्यु



न्युज अफ नेपाल, दाङ ।

टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । थापा शनिबार दिउँसो बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्