८ करोडमा १ सय बेडको कोभिड अस्पताल



नेपाल समाचारपत्र, विराटनगर । 

विराटनगर–१० मा आइतबारदेखि एचडीयू र अक्सिजनसहितको १ सय बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब ८ करोड रुपियाँको लागतमा ४ महिनामा अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल निर्माणका लागि प्रदेश सरकारले १ करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघ–संस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए । अस्पतालको उद्घाटन गर्नुुहँुुदै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारको रहेको बताउनुभएको छ । उहाँले कोरोनाको उपचारको कममा निजी अस्पतालले नागरिकको घरबाससमेत उठाएकाले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताउनुुभयो । उहाँले संविधान निर्माण एवं संघीयतामा निजी क्षेत्र राष्ट्रको एउटा खम्बा भएकाले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण नवनिर्मिते कोभिड अस्पतालको सफल प्रयोग भएका भन्नुभयो ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त हुुनुुपर्नेमा जोड दिनुुभयो । प्रदेश नं १ का प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण निजी क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्नुुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्क्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोचअनुसार अस्पताल निर्माण भएको बताउँदै भविष्यमा यस अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्