ग्लोबल आइएमई बैंक र पनिकाबीच सम्झौता



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बीच बैंकले प्रदान गर्ने सेवा सुविधासम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाको तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट कीर्तिपुर शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौतापत्र अनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटीवापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्र्तगतका क्याम्पसले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क रकम जम्मा गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्