नेकपाले नै गर्‍यो सरकारविरुद्ध प्रदर्शन



कृष्णउदास खनाल, वीरगन्ज ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको विरोधमा पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा प्रदर्शन भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा प्रधामन्त्री ओली र राष्ट्रिपति भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेताहरुले संसद् विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गरेका थिए । प्रदर्शनको क्रममा प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि केही बेर सामान्य झडप भई तनाव सिर्जना समेत भएको थियो । झडपका क्रममा नेकपा पर्साका नेता मनोज चौधरीलाई प्रहरीले केही बेर हिरासतमा समेत राखेको थियो ।

बिरोध प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव विजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्