कलाकार संघको भवन शिलान्यास



नेपाल चलचित्र कलाकार संघ सम्बद्ध कलाकारको सपनाका रूपमा रहेको संघको भवन चन्द्रागिरि नगरपालिकाको स्युचाटारस्थित खड्कागाउँको थानेटारमा शिलान्यास गरिएको छ। शनिबार आयोजित एक समारोहबीच शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गर्दै संघको भवन सानो भएकाले यो तयार पारिसकेपछि बिक्री गरेर अन्यत्र भवन लिनुपरे सहयोग गर्ने बताए।

संघका अध्यक्ष रवीन्द्र खड्काले भने संघको भवन शिलान्यास भएका दिनलाई ऐतिहासिक दिनका रूपमा चर्चा गरे। ‘कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्वपूर्ण शुभदिन बन्न पुगेको छ। दुई दिनअघि मात्रै जग्गा खरिद गरी भवन शिलान्यास गरिएको हो।’ –उनले भने। संघका अध्यक्ष रवीन्द्र खड्काले संघका पूर्व अध्यक्षहरु, विशेष गरी स्व. रामकेशर बोगटीको आर्थिक सहयोग तथा कार्यसमितिका पदाधिकारीको प्रयासबाट भवन निर्माण कार्य सम्भव भएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्