‘ललितपुर–जनकपुर दौड’ का खेलाडी सम्मानित



काठमाडौं, (नेस) । 

विवाह पञ्चमीको अवसरमा जाँड–रक्सीमुक्त अभियानका लागि आयोजित ‘दोस्रो ललितपुर–जनकपुर दौड’मा सहभागी खेलाडीलाई सम्मान गरिएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमबीच खेलाडीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरूमा अन्र्तराष्ट्रिय धावक राम सुन्दर कार्की, साग स्वर्ण पदक विजेता कृष्ण बस्नेत रहेका छन् । ‘जाड–रक्सीमुक्त नेपाल घोषणा गरौं’ भन्ने उद्देश्य प्राप्तिको लागि शान्ति दौड कार्यक्रमको समापनमा धावक कार्कीले यो अभियानले समाजलाई परिवर्तन गर्ने उद्देश्य राखेको बताए । उनले देशमा जाँड–रक्सीमुक्त अभियान सफल भए समृद्धि र शान्ति हासिल हुने बताए ।

दौड ललितपुरको गोदावरीबाट सुरु भएर पुस ३ गते जनकपरमा विवाह पञ्चमीको दिन समापन भएको थियो । टोलीलाई जनकपुर मन्दिरका पुजारी र चेम्बर अफ कर्मसले अभिनन्दन गरेका थिए । कार्यक्रमको संयोजन सहकारी पार्टीका अध्यक्ष राधे खड्काले गरेका थिए । कार्की नेपालका ७७ जिल्ला तथा भारत, भुटानलगायत धेरै देशहरूमा दौडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्