अस्ट्रेलियाले ह्वाइटवास गर्नेछ : रिकी



मेलबर्न, (एजेन्सी) । 

अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्ट जितेपछि सिरिजमा ह्वाइटवास गर्ने अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले बताएका छन् । चार टेस्टको सिरिज शुरू हुनुअघि नै पोन्टिङले अस्ट्रेलिया २–१ ले सिरिज जित्ने भविष्यवाणी गरेका थिए । तर, एडिलेड टेस्टमा भारत दोस्रो इनिङमा ३६ रनमै अलआउट भएर हारेपछि उनको विचार परिवर्तन भएको छ ।

पोन्टिङले क्रिकेट वेबसाइट क्रिकेटडटकमडटएयूलाई बताएका छन् कि अस्ट्रेलियासँग सिरिज स्विप गर्ने राम्रो मौका छ । मेलबर्न टेस्ट पनि जित्न सफल भएमा मलाई लाग्छ कि भारतीय टिमको लागि सिरिजमा फर्कन सम्भव हुने छैन । यो सिरिज ४–० ले क्लिन स्विप हुनेछ ।

पहिलो टेस्टमा डेभिड वार्नरले खेल्न पाएका थिएनन् । दोस्रो टेस्टमा उनी फर्कनेछन् । विल पुकोभस्कीको पनि टिममा सामेल हुने हुँदा अस्ट्रेलिया अझै बलियो हुने पोन्टिङले विश्वास गरेका छन् । उनले भारतीय टिमलाई पनि सल्लाह दिएका छन् । उनले भने कि पृथ्वी शालाई मेलबर्न टेस्टमा मौका दिनु हुँदैन । यस्तै, शुभमन गिललाई प्लेइंङ इलेभनमा राख्नुपर्ने पनि उनले बताए । तर, उनले ऋद्धिमान साह र ऋषभ पन्तमध्ये पन्तलाई छान्नुपर्ने पनि उनले सल्लाह दिएका थिए ।

यसैगरी, पोन्टिङले रोहित शर्माबारे पनि बताए । उनले उक्त च्यानललाई बताए—उनी (रोहित) जरुर खेल्नेछन् । उनी मायंक अग्रवाल र पृथ्वी शाभन्दा कयौं राम्रो टेस्ट खेलाडी हुन् । यदि, उनी फिट छन् भने उनलाई सीधै ओपनरमा ल्याउनुपर्छ ।

रोहित दुबईमा सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा घाइते भएका थिए । उनलाई अस्ट्रेलियाविरुद्ध सम्पन्न ‘वानडे’ र ‘टी २०’ सिरिजमा सामेल गराइएको थिएन । उनी बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीसँग फिटनेस टेस्ट पास गरेपछि अस्टे«लियामा पुगेका छन् । क्वारेन्टिनमा रहेको हुँदा उनले मेलबर्न टेस्ट खेल्न पाएनन् । उनले शायद अन्तिम दुई टेस्ट मात्रै खेल्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्