सुमी र विजु डान्सिङ विथ द स्टार्स नेपाल



हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्व चर्चित डान्स रियालिटी शो डान्सिङ विथ द स्टार्सको नेपाली संस्करण डान्सिङ विथ द स्टार्स नेपालको उपाधि शनिबार राति सुमी मोक्तान र विजु पार्कीले चुमेका छन्। उपाधिसँगै मोक्तान र पार्कीको जोडीले २० लाख नगद पुरस्कार तथा गिप्mट ह्याम्पर पाएको छ। उनीहरूले दर्शकको सर्वाधिक भोट प्राप्त गरी उपाधि चुमेका थिए।

शोको उत्कृष्ट तीनमा सुमी मोक्तान र विजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र शुभम भुजेल (टिम प्रियम) तथा बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका) बीच अन्तिम प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा फस्ट रनर्सअपको उपाधि टिम बुद्धिकाले पाए भने सेकेन्ड रनर्सअप प्रियम जोडी भएका थिए। उनीहरुले विभिन्न गिप्mट ह्याम्पर प्राप्त गरेका छन्। हिमालय टेलिभिजनबाट हरेक साताको शुक्रबार र शनिबार प्रशारण हुँदै आएको शोमा उपाधि चुमेपछि सुमी मोक्तानले भनिन्– ‘जबसम्म मान्छेले सपना पूरा गर्न छाड्दैन तबसम्म सफलता हात लाग्छ। डान्सिङ विथ दी स्टार्स नेपालको विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले शुरु भएको छ।’ नायिका सुमी मिस तामाङ–२०१२ तथा मिस नेपाल फाइनलिस्ट–२०१३ पनि हुन्। विजु पार्कीले सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको बताए।

शोमा अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र कोरियोग्राफर रेनेशा वान्तवा राई निर्णायक थिए भने एक दर्जना स्टार प्रतिस्पर्धी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्