ग्रेटर सिडनीमा नयाँ लकडाउन लागू



मेलवर्न, (एजेन्सी) । 

बढदो कोभिड–१९ संक्रमणलाई मध्यनजर राख्दै अस्ट्रेलियाका सबैभन्दा बढी जनआवादी रहेको ग्रेटर सिडनी क्षेत्रमा सरकारले नयाँ प्रतिबन्धहरू लागू गरेको छ । त्यहाँ अब कुनै पनि घरमा १० जनाभन्दा बढी मानिस एकै साथमा भेला हुन नपाउने भएको छ ।

त्यसैगरी, आगामी बुधबारसम्म सभा सम्मेलन भवनमा पनि तीन सयभन्दा बढी मानिसको जमघटमाथि रोक लगाइएको छ । यसअघि नै स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन निर्देश जारी भइसकेको छ । करिब एक साताअघिदेखि लकडाउन लागू गरिएको यस शहरको उत्तरी समुद्री क्षेत्रमा अहिले संक्रमणका नयाँ घटनाहरू देखिएका छन् ।

सरकारले यसरी नयाँ नियमहरू लागू गरिन लागेको सुइँको पाएर सिड्नीका बासिन्दाहरूले यसअघि नै धमाधम शहर छाड्न थालेका थिए । हजारौं संख्यामा तिनीहरू नजिकका न्यु साउथ वेल्स शहरदेखि भिक्टोरिया राज्यसम्म पुगेका छन् । आइतबार मध्यरातदेखि भिक्टोरियाले ग्रेटर सिडनी र न्यु साउथ वेल्सको मध्यसमुद्री तटसँग जोडिएका सिमानाहरू बन्द गर्र्ने भएको छ । त्यसपछि त्यहाँ आउने सबैले चौध दिने क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्