खोपले मान्छेबाट जनावरमा परिणत भएपनि कोही जिम्मेवार नहुने : बोल्सोनारो



ब्रासिलिया, (एजेन्सी) ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस खोपविरुद्ध हमला जारी राखेका छन् । उनले अमेरिकी कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकको खोपले मान्छे गोहीमा वा दाह्री भएकी महिलामा परिणत हुन सक्ने उनले बताए । बोल्सोनारोले महामारीको शुरुआतदेखि नै यसलाई गम्भीररूपमा अस्वीकार गर्दै आइरहेका छन् । यसै हप्ता देशमा खोप अभियान शुरू भइसकेको भए पनि आपूmले खोप नलिने घोषणा गरेका थिए ।

बोल्सोनारो बिहीबार भनेका थिए–‘फाइजरसँगको सम्झौताले हामी कुनै प्रकारको साइड इफेक्टका लागि जिम्मेवार छैनौं भन्ने प्रष्ट छ । यदि, तपाईं गोहीमा परिणत हुनुभयो भने त्यो तपाईंको समस्या हो ।’

उक्त खोप ब्राजिलमा कयौं हप्तादेखि परीक्षण चलिरहेको थियो ।बेलायततथा अमेरिकामा भने परीक्षण बाहिर पनि व्यक्तिहरूलाई पनि खोप दिइरहेको छ ।

उनले अगाडि भने–‘यदि तपाईं सुपरह्युमन बन्छ, महिलाको दाह्री आउँछ वा पुरुष महिलाको आवाजमा बोल्छ भने पनि कम्पनीले यसको जिम्मेवारी लिने छैन ।

देशमा खोप अभियानको शुरुआत गर्दै बोल्सोनारोले खोप निःशुल्क हुने, तर अनिवार्य नहुने बताएका थिए । देशको सर्वोच्च अदालतले पनि खोप लिन आवश्यक भएको, तर नागरिकलाई यसका लागि बाध्य पार्न नसकिने जनाएको थियो । यसको अर्थ खोप नलिएमा नागरिकमाथि जरिवाना लगाइनेछ, सार्वजनिक स्थानमा प्रतिबन्धित गर्न सकिनेछ तर जबर्जस्ती खोप लिन लगाउन पाउने छैन ।

ब्राजिलमा ७१ लाखभन्दा बढी कोरोना भाइरसको चपेटामा आइसकेका छन् भने १ लाख ८५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

बोल्सोनारोले खोपलाई ब्राजिलको नियामक एजेन्सी ऐनविसाबाट अनुमतिप्राप्त भएपछि उनलाई छोडेर सबैका लागि खोप प्राप्त हुनेछ । उनले आफूले भने खोप नलिने प्रष्ट पारेका थिए । बोल्सोनारोलाई गत जुलाईमै कोरोना भाइरस संक्रमण भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्