अक्सफोर्ड–अस्ट्राजेनेकाको खोपले छिट्टै अनुमति पाउने



लन्डन, (एजेन्सी) । 

बेलायतमा अर्को वर्षको शुरुआतसम्ममा अक्सफोर्ड–अस्ट्राजेनेका युनिभर्सिटीको कोरोना खोपलाई देशको स्वतन्त्र नियामकबाट अनुमति प्राप्त हुने सम्भावना रहेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वरिष्ठ सरकारी सूत्रलाई उद्धृत गर्दै समाचारपत्र ‘द डेली टेलिग्राफ’ले मेडिसिन एन्ड हेल्थकेयर रेग्युलेटरी एजेन्सीले सोमबार अन्तिम डाटा उपलब्ध गराएपछि डिसेम्बर २८ वा २९ सम्ममा यसलाई मान्यता दिनसक्ने संकेत दिएको छ ।

मानव परीक्षणमा यो खोप सुरक्षित र प्रभावकारी पाइएपछि बेलायत सरकारले गत महिना उक्त एजेन्सीलाई अनुमति प्रदान गर्ने प्रक्रियाको काम औपचारिक रूपमा सुम्पेको थियो । एमएचआरएको स्वीकृतिले विश्वका देशहरूलाई विश्वास दिलाउने समाचारपत्रले जनाएको छ ।

भारतमा उक्त खोपको निर्माण भारतको सिरम संस्थानसँग मिलेर गर्नेछ । बेलायतमा स्वास्थ्य अधिकारीहरूले अक्सफोर्ड खोपलाई दिइने अनुमति एक महत्वपूर्ण कदम प्रमाणित हुने अपेक्षा गरेका छन् । अक्सफोर्डको बहुप्रतिक्षित यो खोप फाइजर, बायोएनटेकको तुलनामा धेरै नै सहजरूपमा ओसारपसार गर्न तथा लगाउन सकिनेछ । यी खोपहरूलाई अत्यन्त चिसोमा भण्डार गर्नुपर्नेछ ।

अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोपको आँकलनका लागि नियामकले अधिक समय लिएको छ किनभने फरक–फरक समूहमा पाइएको प्रभावकारिता दरको अन्तर ६२ देखि ९० प्रतिशतसम्म रहेको छ । यद्यपि, यसै हप्ता जारी गरिएको एक अध्ययनमा प्रभावकारिता बढाउन डोजबीच पर्याप्त अन्तराल छोड्नु महत्वपूर्ण तरिका भएको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले फुटबल स्टेडियम, रेसकोर्स र कन्फ्रेन्स केन्द्रमा व्यापकस्तरमा खोप केन्द्र स्थापना गर्ने योजना तयार गरेको छ । एनएचएसको बेलायतमा फाइजर खोपसँग व्यापकस्तरमा खोप अभियान सञ्चालन गर्न स्पर्धा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्