प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम



भक्तपुर, (नेस ) ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले देशीविदेशीको चलखेलले मुलुक दुर्घटनामा पर्ने सम्भावना बढेकाले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले क्षणिकरुपमा प्रधानमन्त्रीको यो कदम अलोकप्रिय जस्तो देखिए पनि मुलुकको हितमै रहेको दाबी गर्नुभयो ।
आफ्नै पार्टीका नेताहरुले देशीविदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रको सुइँको पाएपछि प्रधानमन्त्रीले पार्टीलाई मिलाउन यस्तो कदम चाल्नुभएको उहाँको भनाइ थियो ।

नेता बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउनेलगायतका षड्यन्त्र भएकाले संसद् विघटन गर्नुपरेको बताउनुभयो ।

पार्टीभित्रैबाट षड्यन्त्र भएर राष्ट्रियतामा गम्भीर संकट आएपछि मुलुकलाई एकताबद्ध बनाउन र विदेशी चलखेल हुन नदिन संसद् विघटन आवश्यक रहेको बताउँदै नयाँ जनादेश लिनु आवश्यक रहेको नेता बस्नेतले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्