कुखुराको प्वाँखबाट प्रोटिन युक्त खाना !



बैंकक, (एजेन्सी)

वेलायतको राजधानी लन्डनमा बिद्यार्थी रहँदा देखि थाइ युवक सोराउत कित्तिबान्थोर्न खेर जाने जुनसुकै वस्तुलाई पुनप्र्रयोगमा ल्याउनेबारे चाख राख्थे । अचानक उनको ध्यान विश्वभरि त्यसै खेर फालिने लाखौं टन वरावरका कुखुराका प्वाँखमा गयो ।

अहिले थाइल्यान्ड फर्किएका तिस वर्षिय उनले कुखुराको प्वाँखमा पाइने पोषक तत्वलाई कसरी धुलो पारेर प्रोटिनयुक्त खाद्य वस्तुमा परिणत गर्ने भन्नेबारे आफ्नो अनुसन्धानलाई निरन्तरता दिन आर्थिक श्रोत खोजिरहेका छन् । उनले अन्तराष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन् , ‘यदि अनुसन्धानलाई साकार रुप दिन सकेको खण्डमा कुखुराको प्वाँख कसैले पनि त्यसै नफाल्ने तथा विश्वका कराडौं मानिसले प्रोटिनको अर्को विकल्प पनि भेट्नेछन् ।

युरोपमा मात्र प्रत्येक वर्ष करिव २३ लाख टन प्वाँख त्यसै खेर फाल्ने गरिएको छ । अझै एसियामा कुखुरा पालन निकै लाकप्रिय पेशा बनेको छ । यदि अनुसनधान पूरा भएको खण्डमा एसियामा मात्र ३० प्रतिशत भन्दा बढि प्वाँखको सदुपयोग गर्न सकिन्छ । ’ लन्डनमा पदार्थको भविष्य सम्बन्धी स्नाकोत्तर अध्ययन गरेका उनले यसबारे अझै थुप्रै गहन अनुसन्धान गर्न बाँकी नै रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्