भ्रष्टाचार र अकर्मण्यता लुकाउन ओलीद्वारा संसद बिघटन : उपसभापति खनाल



यमलाल भुसाल,बुुटवल ।

संसद बिघटन गर्ने प्रधानमन्त्रि केपी शर्मा ओलीको कदम बिरुद्ध शान्ति समाज रुपन्देहीले बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।बुटवल स्थित राजमार्ग चौराहमा आयोजित बिरोध प्रदर्शन पछिको कोण सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले ओली सरकारले गरेका भ्रष्टाचार र अकर्मण्यता लुकाउन प्रधानमन्त्रि केपी शर्मा ओलीले संबिधान बिघटन गरेको आरोप लगाउनु भयो ।

संसद बिघटन गरेर प्रधानमन्त्रि ओलीले नेपाली जनताले लामो समय लडेर ल्याएको लोकतन्त्रको घाटी निमोठेको भन्दै खनालले लोकतन्त्रको रक्षाका लागि शान्ति समाज देशव्यापी प्रदर्शनमा उत्रिने चेतावनी दिनु भयो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा.बुद्धबहादुर थापाले कसैको सनकको भरमा संसद बिघटन हुन नसक्ने भन्दै संसद बिघटन गर्ने प्रधानमन्त्रि ओलीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्रि ओलीको असंबैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध अब सबै पेशागत संगठनहरु सडकमा आउनुपर्ने अवस्था आएको बताउदै उहाँले लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादीहरु एक ठाउमा उभिनुपर्ने आवस्यकता औल्याउनु भयो ।

शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका जिल्ला उपसभापति कृष्ण चौहान,सदस्य कृष्ण प्रसाद पाण्डेले प्रधानमन्त्रि ओलीको कदमको बिरोध गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्