संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस ,अख्तियार प्रमुख आयुक्तमा राई



काठमाडौँ । संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ । परिषद्को गत मङ्सिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।

बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ । उक्त निर्णयबारे परिषद्को सचिवालयले संसद् सचिवालयलाई जानकारी गराएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्