संसद बिघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध नेकपा कार्यकर्ताको आक्रोस (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार सरकारले प्रतिनिधि सभा भंग गरेपछि सत्तारु नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता सडकमा उर्लिएका छन् ।
उनहिरुले प्रधानमन्त्री केपी होली र राष्ट्रपति बिद्यादेबी भण्डारीबिरुद्ध माइतीघर मण्डलामा चर्को नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेकी हुन् । यस्तै सरकारले मध्यावधि निर्वाचनको मिति पनि घोषणा गरेको छ । आगामी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन मितिसमेत तोकिएको छ ।

फोटो/ भिडियो :  विश्व रैगाईँ 

 

प्रतिक्रिया दिनुहोस्