सल्यानमा किसानले उत्पादन गरेको टिमुर बिक्री भएन



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा उत्पादित टिमुरले बजार नपाएपछि किसानहरु समस्यामा परेका छन । व्यावसायिक टिमुर खेतीका लागि प्रख्यात रहेको सल्यानमा यसबर्ष टिमुर बिक्रि नहुँदा व्यवसायिक टिमुर खेति गर्ने किसानहरु समस्यामा परेका हुन । विगतका वर्षमा कात्तिक–मंसिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस बर्ष उत्पादित टिमुर अझै बिक्री हुन नसकेको बन्गाड कुपिण्डे नगरपालिका ९ सेराका पुर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।

यस अघिका वर्षमा गाउँमै टिमुर खरिद गर्नका लागि आउने स्थानिय व्यापारीहरू यसपालि नआएकाले टिमुर नबिकेको उहाँले बताउनु भयो । गत वर्ष टिमुर बिक्रीबाट ५ लाख रुपैयाँ कमाइ गरेका बताउदै उहाँले यो वर्ष एक रुपैयाँको पनि टिमुर बिक्री गर्न नसकेको दुखेसो पोख्नु भयो ।

जिल्लाका बिभिन्न ठाँउमा उत्पादित मसलेदार जंगली फल टिमुरको बिक्री नभएपछि अन्य किसान चिन्तित वनेका छन् । जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन् भने निगालचुँला, कुपिण्डे दह लगाएका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो वजार मूख्य पाउन सकेको छैन् ।

टिमुर खरिदका लागी ब्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानहरुको गुणासो छ । छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफुले उत्पादन गरेको टिमुर बिक्री नहुदाँ घरमा नै थन्किएको बताउनुभयो । गत बर्ष टिमुर बिक्रीबाट मात्रै झण्डै ३ लाख रुपैँया आम्दानी गर्नुभएका उहाँले यस बर्ष भने आफुले उत्पादन गरेको झण्डै ३ क्वीन्टल टिमुर बिक्री नभएको बताउनुभयो ।

बिगतमा प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरेको टिमुर यस बर्ष ४ सय रुपैँया प्रतिकेजीमा समेत बिक्री नभएको उहाँको भनाई छ । ‘मैले गहुँ मकैँ रोप्ने वारीमा टिमुर खेती गरेको छु, टिमुरका ५ सय वोटले उत्पादन दिइरहेका छन्, केही साना बोटहरु पनि रहेका छन्, टिमुर बिक्रीबाटै जीवनगुजारा चलाउदैँ आएको थिए, यस बर्ष टिमुर बिक्री नहुदाँ समस्या भएको छ’ उहाँले भन्नुभयो ।

अहिले जिल्लाका किसानहरुले उत्पादन गरेको टिमुर बिक्री भएको छैन् । टिमुर खेती गरेर नै जीवननिर्वाह गर्दै आएका किसानहरु टिमुर बिक्री नहुदाँ ठुलो मारमा परेका छन् । बिगतमा जिल्लामा उत्पादित टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो । जिल्लामा उत्पादित टिमुरलाई अग्र्यानिक टिमुरका रुपमा लिइन्छ ।

परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए । डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्